रुकुम पूर्वः पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा बाम लोकतान्तिक गठबन्धनको आम सभा सम्पन्न भएको छ । मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन लक्षित बाम लोकतान्त्रिक गठबन्धनको आम सभा रन्मामा सम्पन्न भएको हो । रन्मामा बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन परिचालन वडा समिति कार्यलय उद्घाटन पनि गरेको छ ।

उम्मेदवार ओलीले के भने ?
चुनावी आम सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, पार्टीका जिल्ला इन्चार्ज तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार तेजबहादुर ओलीले सभालाई सम्बोधन गर्दै प्रतिगामी र निरङकुस शक्तिबाट गणतन्त्र र संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए ।

अहिलेको व्यवस्था मात्र नभई दुर्गम क्षेत्रको विकास र समृद्धिको लागि पनि गठबन्धनका उम्मेदवारलाई मत दिनुको विकल्प नभएको ओलीले बताएका छन । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका व्यक्तिको झुट्टो आश्वासनको पछि नलाग्न उनले मतदातालाई आग्रह गरेका छन ।

स्वतन्त्र उम्मेदवार समर्थक समुहले जातिय क्षेत्रिय एजेन्डा उठाएर मिलेर बसेका जनतालाई लडाउने भिडाउने षड्यन्त्र रचेको पनि उनले बताए । सुरुल पुन आफै स्वतन्त्र उम्मेदवार बनेका छैन्न । ओलीले भने अर्काले उस्काएर उम्मेदवारी दिएका हुन । उम्मेदवार भएपनि पनि शान्ति पुर्ण तरिकाले प्रतिस्पर्धा गर्ने उनको मनसाय थियो ।

स्वतन्त्र समुहले प्रतिगमन समुह एमालेसँग सहकार्य गर्न उनलाई बाध्य पारे उनले भने जनता सचेत हुनुपर्ने बेला आएको छ ।
रन्मा र मैकोट जस्तो विकट ठाउँलाई सधै विकटको पहिचान मै सिमित राख्ने की ? समृद्ध मैकोट, समृद्ध रन्मा बनाउने तपाईहरुमा निर्भर छ, उम्मेदवार ओलीले भने यस अघिका पाँच वर्ष नीति निर्माण र निर्वाचन क्षेत्रको विकासको जग बसाल्नमा वित्यो ।

अवको पाँच वर्ष विकासलाई गति दिन बित्ने छ । मेरो निर्वाचन क्षेत्रलाई विकासमय बनाउन र यहाँको जनताको अवस्था बदल्न म कुनै कसर बाकी राख्ने छैन उनले सम्बोधनका क्रममा भनेका छन ।

काङ्ग्रेस महासमिति सदस्य तिल बहादुर घर्ति
यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य तिल बहादुर घर्तिले स्थानीय चुनावमा एक अर्काको प्रतिस्पर्धा भए पनि प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एक अर्कामा सहकार्य सहयोग हुनुपर्ने बताए । केपी ओलीको प्रतिगमनकारी कार्यले संविधान धरापमा पर्ने अवस्था सिर्जना हुदा पाँच दलिय गठबन्धन भएको घर्तीको भनाई थियो । संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धन अहिलेको आवश्यकता भएको महासमिति सदस्य घर्तिले बताए । दुर्गमको विकासको लागि बाम लोकतान्त्रिक गठबन्धन अहिलेको आवश्यता भएको उनको भनाई छ ।

गठबन्धनको निर्देशन अनुरुप प्रदेश निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रले सहजै नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरिरहेको छ, घर्तीले भने यो क्षेत्रमा पनि नेपाली काङ्ग्रेस र समाजबादीमा आवद्ध रहेका दल र कार्यकर्ताले अवको चुनावमा खुसीका साथ हसिया हथौड़ामा मतदान गर्नु पर्ने बेला आएको छ । उनले थपे हाम्रो मत हसिया हथौड़ा बाहेक अन्यत्र मोडिनु हुन ।

एकीकृत समाजवादीका प्रदेश सदस्य लजिम ओली
कार्यक्रमलाई सम्बोदन गर्दै नेकपा एकिकृत समाजवादीका प्रदेश सदस्य लजिम ओलीले देशमा निरङ्कुस शासन सुरुवात हुने अवस्था आएर गठबन्धन भएको बताए । केपि ओलीले राजावादी दल लगाएत विदेशी शक्तिसँग मिलेर संविधान विपरीत कार्य गरे ।

देशलाई दुर्घटनाबाट जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन सिर्जना भएको ओलीको भनाई थियो । निर्वाचन क्षेत्रलाई विकासको गति दिन गठबधन्का उम्मेदवारलाई मत दिन ओलीले सवैमा अपिल गरेका छन ।

पुथा उत्तरगंगा गाउँपालिकाका पार्टी इन्चार्ज जिताराम कामी
उक्त आमसभा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिकाका पार्टी इन्चार्ज जिताराम कामीले नेकपा माओवादी केन्द्रबाट अलग भइ स्वतन्त्र उम्मेदवार भएकाहरुकोे झुट्टो आश्वासनमा नभुल्न मतदातालाई आग्रह गरेका छन ।

दुर्गमका जनतालाई विकास विकास र निकास दिने माओबादी केन्द्र र त्यसका आधिकारिक उम्मेदवार ओली हुन । आफुले नपाए पछि केहि स्वार्थी समुहले सुरुल पुनलाई उम्मेदवार हुन बाध्य पारे । पुनले चुनाब कुनै हालतमा जित्दैन्न ।

उनीहरु पार्टीबाट अलग भइ सकेका छन । सिंगो पार्टी पंक्ति गठबन्धन केन्द्रित छ । आम मतदाता आधिकारिक उम्मेदवारको पक्षमा उभिएका छन । कामीले भने यो माया र विश्वासको लागि सवैलाई धन्यबाद छ ।

चुनावी आम सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्र्रिय सदस्य, पार्टीका जिल्ला इन्चार्ज तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार तेजबहादुर ओलीको प्रमुख र नेपाली काङ्ग्रेसका महासमिति सदस्य तिलबहादुर घर्तीको विशेष उपस्थिति रहेको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य लजिम ओली, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका समानुपातिक उम्मेदवार कुसुम देवी थापा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका इन्चार्ज जिताराम कामी लगाएत गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा ३ का पार्टी अध्यक्ष असल जित विकको अध्यक्षतामा भएको आमसभा कार्यक्रमको सञ्चालन जोरण बि कले गरेका थिए । चुनावी सभा कार्यक्रममा सयौँको उपस्थिति रहेको थियो ।