रुकुम(पूर्व) मा सयुक्त बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा कार्यक्रम पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटबाट सुरु भएको छ । शनिबार मैकोटमा गठबन्धनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण बहादुर घर्ती, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओली, समानुपातिक उम्मेदवारहरु केशरमान रोका, कुसुमदेवि थापा र दिलकुमारी बुढासहित नेकपा माओवादि केन्द्रका स्थायि कमिटी सदस्य गणेशमान पुन र पोलिटव्युरो सदस्य दलजित श्रीपाली लगाएतका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सुरु भएको हो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्ण बहादुर घर्तीले चुनावमा आउदै गर्दा पार्टी भित्र धेरै अन्तरविरोधहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो, “टिकट पाउने कुरामा धेरै आकंक्षि थियौ, तर अहिले पार्टीले गरेको निर्णयलाई मानेका छौ । इतिहास कसैको आग्रहमा लेखिने र पुर्वाग्रहमा मेटिदैन् ।” आज उम्मेदवारको टिकट नपाएकै कारण विभिन्न खालका अफवाह फैलाउने र त्यसको पछाडि नलाग्न सबैलाई उहाँले अनुरोध गर्नुभएको छ ।

विद्रोहि उम्मेदवारप्रति हामी कोहि पनि गठबन्धनका नेताहरुको लजिम नभएकोले कुनैपनि किसिमको भ्रममा नपर्न अनुरोध गर्नुभयो । जिल्लाभित्रका वर्ग र समुदायको भावना कुण्ठित नगर्ने प्रतिवद्दता उहाँले जनाउनुभएको छ । आजसम्म आफु संवैधानिक निकायमा भएको हुनाले चाहेजस्तो जनतामा जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले म साझा नेतृत्वमा आएको छु । हामी बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन रुकुम(पूर्व) बासीलाई अनुरोध गर्दछु ।”

मैकोटको चुनावि सभामा बोल्दै गठबन्धनका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले भन्नुभयो, “हाम्रा धेरै प्रतिबद्धताहरु रहेका छन । जिल्लाको विकास र समृद्धिको लागि हाम्रो सझा उम्मेदवारि रहेको छ । हाम्रो कार्यक्रममा केही स्वतन्त्रका साथिहरुले लोकतन्त्रमा कहि नभएको जात्रा गरेका छन ।” विचार राजनीति र जनताबाट टाढा भएकाले हामिप्रति अवरोध गरिरहेको प्रति आपत्ति जनाउनुभएको छ । यति धेरै आचारसंहिता उलङ्घन भैरहदा पनि निर्वाचन आयोग किन मौन बसेको भन्दै प्रश्ण समेत गर्नुभएको छ ।

आफुहरुले यहाको जनताको भावना विकास र समृद्धिको लागि लागिपरेको बताउदै उम्मेद्वार ओलीले कुनै जाति र सम्प्रदायको राजनीति गर्न नखोजेको बताउनुभयो । पुथाउत्तरगंगा गाउँपालिकामा भेग र समुदायको सम्बोधन गरेर मात्रै आफ्नो उम्मेद्वारी परेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा बोल्दै गणेशमान पुनले देशमा गणतन्त्र संघियता ल्याइसकेपछि यस व्यवस्थालाई अझै सुदृढीकरण गर्नका लागि अझै केही अभ्यास गरिरहेको बताउनुभयो । रुकुम पूर्वलाइलाई नयाँ सुदृढ समृद्धि र समाजवादउन्मुख जिल्ला बनाउन गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन नागरिक समक्ष अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “हामी एकढिक्का भएको सन्देश मैकोटबाट दिन चाहान्छौ । त्यसकारण कुनै शंका नगरि गठबन्धनलाई मतदान गर्न तयार हुनुस ।”

त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दलजित श्रीपालीले सहिदहरुको रक्तरञ्जित भूमि मैकोटबाट गठबन्धनलाई विजय गराउनुपर्ने बताउनुभएको छ । उहाँले आफुहरु गठबन्धनलाई जिताउनका लागि आएको बताउनुभएको छ । श्रीपालीले हिजोको १० बर्षे जनयुद्ध र १९ दिने महाजनआन्दोलनका क्रममा आएका उपलब्धिहरुलाई रक्षा गर्नका लागि सबै सर्वहारा आन्दोलनका साक्षिहरुले आज पनि अन्तरसंघर्ष गर्नुपरिरहेको बताउनुभयो । हामिभित्रकै र बाहिरका विरोधि शक्तिहरुले धेरै भ्रमहरु शिर्जना गरिरहेका छन यसको पछि लागेमा ठुलो अन्याय हुने भनाई उहाँको छ ।