रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) का स्वतन्त्र उम्मेदवार केशव रावलले चुनाव प्रचारप्रसार तथा घरदैलो अभियान लाई तिव्र पारेका छन । निर्वाचन आचासंहिता अघि घरदैलो कार्यक्रममा मात्र बस्त भएका रावलले शुक्रबार देखि चुनावी सभा पनि गर्न थालेका छन ।

निर्वाचनको मिति नजिकिदै जादाँ उनले आफना चुनाव केन्द्रित कामहरुलाई गतिशिल बनाउदै लगेका हुन । गठबन्धनका उम्मेदवारलाई हराउन र मत आफनो पक्षमा पार्न रावल आफनो उम्मेदवारी सुनिश्चित भए देखि नै लागि परेका छन ।

रावलले अहिलेसम्म आफनो निर्वाचन क्षेत्रका १२ वडा मध्य १० वडामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएका छन । सिस्ने गाउँपालिकाका सवै वडा र भूमे गाउँपालिकाका ४ र ५ नम्बर वडामा चुनावी कार्यक्रम गरेको रावल बताउँछन ।


मुलुक पार्टीसंगको कुराकानीमा रावलले भने अव भूमे गाउँपालिकाको ८ र ९ नम्बर वडाका मतदातासंग बस्न बाकी छ । त्यहाँ पनि तत्काल जाने तयारी छ । सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा बाहेक अन्य वडामा पटक पटक आफु पुगेको उनले सुनाए ।

सवै वडामा पुगेर नागरिकको भावना र चाहना बुझेर आए रावलले भने जनता सामु मैले मेरा प्रतिवद्धता राखे । सवै ठाउँका मतदाताबाट माया र समर्थन पाएको छु, उनले भने आशा छ यो माया बिजयमा निश्चित बदलिने छ ।


शनिवार रावले सिस्ने गाउँपालिका ३ को बागेधारा, पाङ्गा र पोखरामा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरेका छन । ३ नम्बर वडाका प्रायः मतदाताहरु स्वतन्त्र उम्मेदवार रावल प्रति सकारात्मक रहेको स्रोतले बताएको छ ।
आफनो निर्वाचन क्षेत्रका जनतालाई भेटने उनिहरुका गुनासा सुन्ने, आफना प्रतिवद्धताहरु राख्ने र आफनो चुनाव चिन्ह मतदातालाई सिकाउने हिजो आज रावलको दैनिकी बनेको छ । रावललाई निर्वाचन क्षेत्रका युवाहरुले दरिलो साथ दिएका छन ।

मतदाताले विद्युत, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगाारी जस्ता आधारभूत कुरा माग्ने गरेका रावले बताए । ती मागहरु पूरा गर्ने मेरो प्रतिवद्धता छ । उनले भने जिते गर्न हुन भन्ने पनि गर्छु । यदि पराजय भए भन्ने पनि मेरा प्रतिवद्धता पुरा गर्न पहल हुनेछ ।

नागरिकका आधारभूत आवश्यकता पुरा गर्नकै लागि आफुले उम्मेदवारी दिएको रावलले बताए । माओबादी केन्द्रका प्रभावशाली विद्यार्थी नेता तथा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष समेत रहेका रावलले टिकेट वितरण र गठबन्धनले निर्वाचन क्षेत्रमा अघि सारेका उम्मेदवार प्रति असहमति जनाउदै आफनो स्वतन्त्र उम्मेदवारीलाई सक्रिय बनाएका छन । रावललाई निर्वाचन आयोगले चुनाव चिन्ह जीप प्रदान गरेको छ ।