रूकुम पूर्बः बाम लोकतान्त्रिक गठबन्धनले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनाव केन्द्रित कार्यक्रमलाई तीव्र पारेको छ । निर्वाचन क्षेत्र नम्बर (क) मा हुकाम मैकोट लगायतका क्षेत्रमा चुनावी सभा भैरहेका छन । यता निर्वाचन क्षेत्र नम्बर (ख) मा पनि चुनावी सभा र त्यससंग सम्बन्धित कार्यक्रमहरु दैनिक रुपमा भइरहेका छन ।

सोहि अनुसार प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) का गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसी चुनावी कार्यक्रममा ब्यस्त छन । विभिन्न चुनावी गतिविधिलाई निर्वाचन क्षेत्र भित्रका सवै तहका नागरिक समक्ष पुर्याउने योजना अनुरुप काम भइरहेको केसीले बताए । जनताको घरदैलोमा जाने, उनीहरुका समस्या सुन्ने र आफना एजेण्डा प्र्रस्तुत गर्ने क्रम चलिरहेको केसीको भनाई छ ।

उम्मेदवार केसीले शनिवार भुमे गाउँपालिका ८ कुचिबाङका विभिन्न टोलहरुमा पुगेर घरदैलो र जनभेटघाट गरेका छन । गाउँ पुगेका केसी सहितको टोलीलाई स्थानीयहरुले गाजाबाजा सहित भव्य स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा उम्मेदवार केसीले आफू निर्वाचित भएपछि दुई वर्षभित्रमा कुचिवाङका सवै बस्तिमा सडक पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले भने विकास निर्माणको पहिलो आधार सडक हो । मरो पहिलो प्राथमिकता सडक र त्यसपछि नागरिकको दैनिकीसंग जोडिएका अन्य विकास निर्माणका कामहरु हुनेछन् ।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । यस निर्वाचन क्षेत्रमा उम्मेदवार केसीले गठबन्धनका नेता कार्यकर्ताको राम्रो साथ पाएका छन ।