रुकुुम(पूर्व) मा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रम रुकुमकोटमा सम्पन्न भएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) को आयोजनामा अभिमुखिकरण कार्यक्रम होटल लेक सिटिमा सम्पन्न भएको हो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुको भूमिका विषयमा छलफलका लागी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलिले बताउनुभएको छ । अभिमुखीकरण कार्यक्रममा अहिलेसम्म निर्वाचन आयोगले गरेको तयारी, निर्वाचनको बेलामा पत्रकार र सञ्चार माध्यामको भूमिका, निर्वाचन आचारसंहिताको पलना, आचारसंहिता पालना नगरे हुने कानुनी प्रक्रियालगाएतको बारेमा जानकारी गराइएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली र पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत श्यामला घिमिरेले निर्वाचनमा सञ्चार माध्याम र पत्रकारले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने बताउनुभयो । निर्वाचन आचारसंहिताबाट मुनै पनि व्यक्ति अछुतो नहुने भन्दै मुख्य निर्वाचन अधिकृत घिमिरेले आफुले पनि आचारसंहिता पालना गर्ने र राजनीतिक दल, उम्मेद्वार र आम नागरिकलाई पनि आचारसंहिता पालना गर्न गराउन झकझक्याउने खालको भूमिका खेल्न आग्रह पत्रकार एवम् सञ्चार माध्यामलाई गर्नुभएको छ । कसैले आचार संघिता उल्लङघन गरेको पाइएमा खबदारी गर्न पनि घिमिरेले भन्नुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा धन्यवाद दिनुभयो । सत्य तथ्य सुचनाहरु सम्प्रेषणमा जिल्ला स्थित मिडियाकर्मीले उल्लेखनीय काम गरिरहेको भन्दै त्यसलाई निरन्तरता दिन प्रजिअ सुनुवारले आग्रह गर्नुभयो । निर्वाचन नजिकिदै जाना चुनावी तयारी पनि तिव्र रहेको बताउदै शान्ति सुरक्षाको हिसावले जिल्लाको अवस्था शान्तीपूर्ण रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनुवारको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा नेपाली सेनाका सेनानी बालुला जिसी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, अनुसन्धानका डिएसपी संजिव चौधरी, निर्वाचन आचारसंहिता अनुगमण समितिका संयोजक नरेन्द्र बुढागाएत जिल्लास्थित पत्रकार तथा सञ्चाकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यलयका हर्कबहादुर शाहीले गर्नुभएको थियो ।