रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का स्वतन्त्र उम्मेदवार केशव रावलले आस्था विचार बेच्नेहरुको विरुद्धमा आफनो उम्मेदवारी रहेको बताएका छन । आफनो उम्मेदवारी र प्रतिवद्धताहरु सार्वजनिक गर्न आइतबार रुकुमकोटमा पत्रकार सम्मेलनको आयोजना गरि रावलले यस्तो बताएका हुन ।
मेरो पार्टी र गठबन्धनमा आवद्ध समुहले रुकुमेली जनताको जनभावना विपरितका व्यक्तिलाई उम्मेदवार बनाएपछि आफु जनताको विचमा आएको रावलले बताए । पैसामा आफनो आस्था र विचार बेच्ने केहि व्यक्तिहरु गठबन्धनमा भएपनि आम मतदाता आफनो आस्थाप्रति विचलित नभएको उनले बताए ।
उनले भने मेरो उम्मेदवारी राष्ट्रघाती बिरुद्धको उम्मेदवारी हो । आस्था बिचार बेच्नेहरुको बिरुद्ध, धनका अगाडि लम्पसार पर्ने लोभी, पापी, कायरहरुको बिरुद्ध हो । जनतालाई खरिद विक्रिका वस्तु ठान्ने निच सोचका विरुद्ध, कमिसनखोर, दलाली, तस्करी, भ्रष्टाचार बिरुद्ध उम्मेदवारी हो । उनले पत्रकार सम्मेलनका क्रममा भनेका छन ।
मेरो उम्मेदवारी जनयुद्ध जनआन्दोलनका मुल्य मान्यता स्थापित गर्न हो, रावलले भने सुन्दर रुकुम निर्माण गर्न म जनताको विचमा छु । पार्टी संगठनमा बिचार आदर्श निष्ठाका साथ बलि चढ्न तयार तमाम रुकुमेली इमानदार नेता कार्यकर्ताहरुको न्यायका लागि हो । मेरो उम्मेदवारी सहिदका सपना साकार पार्नका लागि हो । आम शोषित पीडित जनसमुदायको आवाज वन्नका लागि हो । रावलले पत्रकार सम्मेलनका क्रममा भनेका छन ।