रुकुम(पूर्व)

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा रुकुम(पूर्व)बाट उम्मेद्वारी दिएका एक स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेदवालाई समर्थन गरेका छन् । प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेद्वार हुनुभएका केशव रावललाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेद्वार पूर्णजंग सिंहले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको छ ।

केशव रावल नेकपा माओवादी केन्द्रबाट विद्रोह गररी स्वतन्त्र उम्मेद्वाी दर्ता गराउनुभएको थियो । रावलसँग आफ्ना एजेण्डाहरु मिलेको बताउदै अर्का उम्मेद्वार सिंहले समग्र रुकुम (पूर्व) को हित र विकासको लागि रावललाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको उहाँले बताउनुभएको छ । उहाँहरुले प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर २ बाट केशव रावललाई जिताउन रुक्मेली नागरिसमक्ष अपिल गर्नुभएको छ ।