रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का स्वतन्त्र उम्मेदवार केशल रावलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन । आइतबार पत्रकार सम्मेलन गरि आफना प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

रावलले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार र अन्य विकास निर्माणका कामलाई प्रदिबद्धता पत्रमा प्राथमिकता दिएका छन । निर्वाचित भएपछि गर्न सक्ने काम मात्रै आफुले प्रतिबद्धताका रुपमा राखेको रावलले बताए । जनतालाई झुट्टा आश्वासन दिन्न उनले भने गर्न नसकिने कुरा गर्छु भनी भ्रमित पार्ने काम म बाट हुदैन । जे प्रतिबद्धतामा समेटेको छु । ती सवै पूरा गर्नेछु ।
रावलका प्रतिबद्धताहरु
स्वास्थ्य
१ प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध हुने गरी आवश्यक दक्ष जनशक्ति सहितको गाउँ घर स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने छ ।
२ स्वास्थ्य विमा अनिवार्य गरिनेछ । हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिनेछ ।
३ स्वास्थ्य सेवामा कुनै विलम्ब हुन नदिन प्रत्येक वडामा एउटा सुबिधा सम्पन्न एम्बुलेन्सको अनिवार्य व्यवस्था गरिने छ ।
४ जिल्ला अस्पताललाई अविलम्ब स्तरोन्नती गरि कम्तिमा एक सय सैयाको बनाइने छ ।
५ जिल्लामै प्राकृतिक चिकित्सालय, आयुवेर्दिक औषधालय, योग तथा ध्यान केन्द्र खोल्नुका साथै रक्तसञ्चार केन्द्र र मध्य पहाडी लोक मार्ग, अन्य बिपत लगायतलाई मध्यनजर गर्दै सिघ्र उपचारका लागि ट्रमा सेन्टर स्थापना गरिने छ ।
६ गर्भवती महिलाहरुको जिल्लामै सबै उपचार गर्न सुबिधा सम्पन्न प्रसुती गृहको स्थापना गरिने छ ।
७ प्रत्येक वडाबाट एक जना छात्रा र एक जना छात्रलाई आफ्नै जिल्लामा सेवा गर्ने सर्तमा चिकित्सा विज्ञानमा उच्च शिक्षा पुर्ण छात्रवृत्तिमा पढाइने छ ।
८ सबै प्रकारका खोप निशुल्क उपलब्ध गराइने छ ।

शिक्षा
१ आधारभूत शिक्षालाई अनिवार्य गराइने छ ।
२, प्रत्येक वर्ष हरेक वडाबाट ५ जना विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट गरी उच्च शिक्षामा, विज्ञान, शिक्षा, वाणिज्य शास्त्र, चिकित्सा शास्त्र, कृषी, इन्जिनियर तथा प्राविधिक शिक्षामा पुर्ण छात्रवृतिको व्यवस्था सहित पढ्ने व्यवस्था गरिनेछ । साथै विना धितो शैक्षिक लोनको व्यवस्था गरिनेछ ।
३ सामुदायिक विद्यालय र शिक्षालाई शवलिकरण, व्यवस्थित र प्रयाप्त भौतिक संरचना निर्माण, पुनःनिर्माण, बालमैत्री तथा अपांगमैत्री डेस्क वेन्च तथा आकर्षक कक्षा कोठा निर्माण गरिनेछ ।
४ प्रत्येक वडामा ं२ सहितको एक वटा नमुना बिधालय बनाइनेछ। जहाँ निशुल्क छात्रवास सङ्गै कमाउदै पढ्दै गर्ने वातावरण मिलाइने छ । भने एउटा पालिकामा कम्तिमा २ वटा बिज्ञान संकाय सहितको ं२ संचालनमा ल्याइने छ । साथै बहुप्राबिधिक शिक्षालय स्थापना गरिने छ ।
५ सबै स्कुलमा विद्यार्थीको शारीरिक मानसिक र शर्वाङ्गिन बिकासका लागि खेल प्रशिक्षकको दरवन्दि व्यवस्था गरी विभिन्न सृजनात्मक रचनात्मक र खेलकुद प्रशिक्षण अनिवार्य गरिनेछ ।
६ शिक्षकलाई आकर्षक सेवा सुविधा तलव भत्ता व्यवस्था गर्ने र शिक्षण पेशालाई सवै भन्दा सम्मानित पेसाको रुपमा कायम गरिनेछ ।

कृषि
१ किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, आवश्यक तालिमको व्यवस्था गर्ने र वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, खेति प्रणालीलाई व्यवस्थित गर्दै विउविजनमा अनुदानको व्यस्था गर्ने, उत्पादनशिल जग्गाहरुमा व्यवस्थित सिचाईको व्यवस्था गर्ने, साथै हरेक वडामा कृषी प्रविधिकको व्यवस्था गरिनेछ ।
२, किसानहरुका लागि कृषी ऋणको व्यवस्था गरिनेछ । साथै किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड बनाई उचित मुल्यमा गाउँमै खरिद गर्ने व्यवस्था गरिनेछ ।

पर्यटन
१, पर्यटन व्यवसायलाई स्थानिय वासिन्दाको जिविकोपार्जन सँग जोड्ने कार्यक्रमहरु लागु गरिने छ ।
२, रुकुमकोट सिस्ने पर्यटक पदमार्ग तत्काल निर्माण शुरु गरिनेछ । साथै होमस्टे संचालनका लागि स्थान, व्यक्ति तथा समुह छनौट गरी अनुदानको व्यवस्था गरिनेछ ।
३, ५२ पोखरी ५३ टाकुरी पहिचान र पर्वद्धन गरिने छ, कमलदहको संरक्षण गरी पर्यटकिय आकर्षणको केन्द्र बनाइने छ । सानोभेरीमा र्याफ्टिङ संचालनमा ल्याइनेछ ।

रोजगार / स्वरोजगार
१, १२ कक्षा पास गरेका हरेक युवा युवतिलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्यद्वारा बेरोजगार भत्ता उपलब्ध गराउन पहल गरिनेछ ।
२ व्यापार व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराइनेछ । र सुरुवाती पूजी अभाव हुन नदिन विना धितो स्वरोजगार ऋण प्रदान गर्ने व्यवस्था गरिनेछ ।
३ बेरोजगारलाई सिपमुलक तालिम दिइनेछ । परम्परागत सिपलाइ आधुनिकरण, व्यवसायिकरण र बजारीकरण गरिने छ । सिल्प समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचांदी पसल, सिलाइबुनाइ, हस्तकला , गार्मेन्टहरुको बिकास गरिने छ ।

भौतिक पुर्वाधार तथा यातातात
१, मोटरवाटो नपुगेका गाउँमा मोटर बाटो पुर्याइनेछ, पुगेका गाउँगाउँमा अवस्था र आवस्यकता हेरी स्तरोन्नती ग्रावेल, पिच गरिनेछ ।
२, गाउँदेखी पालिका केन्द्र आवतजावतमा सहज गर्न विहान र साझ छुटने अनिवार्य गाउँघर पुर्याउने गरी यातायातको सहज व्यवस्था गरिनेछ ।

विद्युत तथा संचार
१, विद्युत र संचारलाई हरेक नागरिकको घर घरमा र्पुयाउने व्यवस्था गरिनेछ ।

खानेपानी र सरसफाई
१, स्वच्छ खानेपानी सहितको ‘एक घर एक धारा’ अनिवार्य व्यवस्था गरिनेछ । साथै पानीका मुहान संरक्षण र जलाधार क्षेत्रको संरक्षण समबन्धी आवश्यक कार्य गरिनेछ ।
२, सरसफाईयुक्त घर आगन, हाम्रो गाउँ १ सुन्दर वनाऔं कार्यक्रम संचालन गरिनेछ । विपन्न परिवारहरुका लागि घरघरमा व्यवस्थित चर्पी निर्माण गर्न आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।

उद्योग
१, स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तुहरू जडिवुटी, साबुन, कृषि तथा वन पैदावार, खाद्यान्न, छाला, प्लास्टिक आदिको अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गरिने छ ।
जस्तै (साबुन, शरब, मैनबत्ती, दालमोठ, आलुचिप्स, मुडा, राडीपाखी, कपडाको कच्चा पदार्थ, डल आदि ।

वन तथा वातावरण
१, दिगो विकासका अवधारणाहरु अनुसरण गर्दै विकास निर्माण सँगै वातावरणीय क्षति कम गर्न प्रभाव न्युनिकरणका उपायहरु लागु गर्ने, जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न अनुकुलनका कार्यक्रमहरु लागु गरिनेछ ।