रुकुम पूर्वः पुथाउत्तरगंगा गाउँपालिका १४ को राङ्सिमा सोमबार भएको चुनावी सभालाई संबोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर घर्तीले नेपालको समृद्धिलाई अघि बढाउन गठबन्धन भएको बताएका छन । जनताका मागलाई संबोधन गरेर जाने प्रतिबद्धता उम्मेदवार घर्तिले जनाएका छन ।

गठबन्धन भित्रै माओवादी र कांग्रेस नमिलेको भन्ने कुराहरुको भ्रम कतिपयले छर्दै हिडेको बताउदै उम्मेदवार घर्तीले त्यस्ता कुराको पछि नलाग्न आग्रह गरे ।

चुनावमा गठबन्धनको जित सुनिश्चित भएपछि त्यसका विरोधिहरुले गठबन्धनका विरुद्धमा विभिन्न साजिस गर्ने गरेको उम्मेदवार घर्तीले बताए ।  रुकुमको विकास र समृद्धिका लागि ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन उनले आग्रह गरेका छन ।