रुकुम पूर्वः प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले राजनीतिक आन्दोलनबाट भएको परिवर्तनलाई संस्थागत गरिरहेको बताएका छन । सोमबार पुथाउत्तरगंगा गाउँपालिकाको राङसिमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार घर्तीले यस्तो बताएका हुन ।
यहि परिवर्तनलाई गति दिन अहिले गठबन्धन भएको उनले बताए । रुकुम पुर्वको समग्र विकासको जिम्मेवारी आफूमा रहेको बताउदै उम्मेदवार ओलीले चुनावमा विजयी भएर जिम्मेवारी पूरा गर्ने बताएका छन ।
निर्वाचन क्षेत्रका मतदाताले भएका विकासको स्तरोन्नति र नयाँ विकासको मागपत्र पेश गरेको बताउदै गरिएका मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । रुकुम पूर्व पर्यटन गन्तव्यको हिसावले महत्वपूर्ण रहेको उनले बताए ।
ओलिले भने पर्यटनसँगै कृषि, पशुपालन, फलफूल, जडिबुटिलाई व्यवस्थापन गरेर जनताको जिवनस्तर परिवर्तन गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुने छ ।