रुकुम पूर्वः नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य गनेशमान पुनले रुकुम पूर्वबाट गठबन्धनले जित्नैपर्ने बताएका छन । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका १४ को राङ्सिमा सोमबार भएको चुनावी सभालाई संबोधन गर्दै नेता पुनले यस अघि माओवादीबाट प्रतिनिधित्व गर्दै सत्तामा पुगेकाले जिल्लामा विकासको आधार तयार गरेको बताए ।


नेता पुनले भने अब त्यही विकासलाई दुईको चार गुणा बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने उनको भनाई छ । त्यसको लागि मंसिर ४ मा हुने निर्वाचनमा आम रुकुमेलीले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने उनको तर्क छ ।

राष्ट्रिय आवस्यकताले जन्मिएको गठबन्धनले राष्ट्रको समस्यालाई साझा रुपले समाधान गर्ने नेता पुनले बताएका छन ।