रुकुम पूर्वः प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पूर्वका उम्मेदवार मतदाता भेटघाटमा व्यवस्त भएका छन । सत्ता गठबन्धन दलका उम्मेदवार, प्रमुख प्रतिपक्ष दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनाव केन्द्रित कार्यक्रममा व्यवस्त छन ।

उम्मेदवारहरूले मतदातालाई भेटने र आफना एजेण्डाहरु राख्ने हिजो आज चलिरहेको छ । आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको उम्मेदवाहरुले बताएका छन ।

यसै क्रममा सत्ता गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार केशब रावल चुन्वाङ पुगेका छन । माओबादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष समेत रहेका रावल सोमबार माओबादी केन्द्रको उद्धम स्थल भूमे गाउँपालिका ९ चुन्वाङ पुगेका हुन ।

चुन्वाङका विभिन्न टोलहरुमा पुगेर शहिद परिवार र अन्य मतदातासँग भेटघाट गरेका छन । भेटघाटको क्रममा मतदाताको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए । उनले भने मैले आफ्नो एजेण्डा मतदाता समक्ष राखे । त्यसमा मतदाताले पूर्ण साथ र समर्थन राखेका छन । चुन्वाङबासीले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजनीतिक विकृति लगायतका विषयमा गुनासो समेत जनाएका थिए ।

स्वतन्त्र उम्मेदवार रावलले आफनो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुर्याएका छन । रावललाई स्वतन्त्र उम्मेदवारी दिएका पूर्णजंङ सिंहले समर्थन गर्दै आएका छन । सिंहले निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी निष्कृय गरि रावललाई समर्थन गरेका जनाएका थिए ।

स्वतन्त्र उम्मेदवार रावल र आफ्नो एजेन्डा मिलेपछि आफूले आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गरेको सार्वजनिक गरेका थिए । रावल र सिंह नेकपा माओवादी केन्द्रका पूर्व कार्यकर्ता हुन ।