रुकुम पूर्वः प्रदेश सनिर्वाचन क्षेत्र नम्बर २ गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसी निर्वाचन लक्षित कार्यक्रममा व्यस्त भएका छन । प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै गर्दा केसी मतदाता भेटघाटमा व्यवस्त छन । सत्ता गठबन्धन दलका नेता कार्यकर्ता सहित उनि निर्वाचन क्षेत्रका सवै वडाहरुमा पुग्दै आएका छन ।
मत भन्दा नागरिकका समस्या माग्न र बुझन सवै वडामा पुग्ने गरेको उम्मेदवार केसीले बताए । म मत माग्न भन्दा नागरिकका समस्या र गुनासा माग्ने, सुन्ने र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तीर बढि केन्द्रित छु ।
उनले भने नागरिकका धेरै ठुला माग छैनन् । साना साना विकास निर्माणका आयोजनाहरु माग गर्नुभएको छ । निर्वाचन पछि पूरा गर्ने प्रतिवद्धता जनाएको छु । जनताले जनभावना बुझने र विकासको मुल फुटाउने उम्मेदवारलाई चुन्ने हुदाँ जनमत पाउनेमा आफु ढुक्क रहेको केसीले सुनाए ।
जनताका गुनासा सुन्न सोमबार सिस्ने गाउँपालिका ६ का विभिन्न बस्तिमा पुगेको उनले जानकारी दिएका छन । केसीले सोमबार आला र खोपिचारका नागरिकसंग जनभेटघाट गरेका छन ।
त्यहाँका नागरिकले उम्मेदवार केसी समक्ष, सडक, खानेपानी र रोजगारीको माग राखेका थिए । निर्वाचन पछि नागरिकका मागहरु सम्बोधन गर्ने केसीले प्रतिवद्धता जनाएका छन ।
जनभेटघाटको क्रममा प्रत्येक वडाका नागरिकले गर्ने स्वागत र सम्मानले आफुलाई थप जिम्मेवारी प्रदान गरेको उनले बताएका छन ।