रुकुम पुर्व: प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसीले कुनै पनि सरकारी सेवा सुबिधा नलिने प्रतिबद्धता जनाएका छन । गठबन्धनबाट लुम्बिनी प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका केसीले सिस्ने गाउँपालिका ३ को पोखरामा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन ।

म सरकारी सेवा सुबिधासंगै तलब भत्ता बापत आउने एक रुपैया पनि नलिने प्रतिबद्धता जनाउछु । उक्त रकम निर्वाचन क्षेत्रको बिकास र दुख पीडामा रहेका ब्यक्तिका लागि खर्च गर्नेछु केसिले सम्बोधनका क्रममा भनेका छन ।

मैले अबसर मात्र खोजेको हो । तपाई साथ दिनुहोस् परिवर्तन सम्भव छ । केसिले भने केहि फरक गरेर पक्कै देखाउछु । जनताको कमाईबाट आएको करमा मस्ति गर्ने भ्रष्टहरुको अन्त गर्ने समय नजिक आएको छ ।

समयको कालखण्डमा भ्रष्टहरुको अन्त हुन जरुरी छ । जनताको पसिनामा रजाइँ गर्ने छुट सकैलाई नभएको उनले दाबी गरेका छन ।

उम्मेदवारी दिए देखि नै चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका केसिले राजनीतिक स्थिरतालाई कायम राख्न भुमिका खेल्ने पनि बताए । एक फरक सोच र फरक दृष्टिकोणले समाज सङ्गै देश परिवर्तनको प्रयासमा तल्लिन्न हुने उनको संकल्प छ ।

उनले भने यी सबै कुराको लागि मलाई तपाइको विश्वास र मतको आवश्यक छ । जुन मत दिल खोलेर दिनुहुनेछ, भन्ने मलाई बिश्वास छ ।

केही स्वतन्त्र उम्मेदवारले गठबन्धनका उम्मेदवार विरुद्ध विभिन्न भ्रम फैलाएको भन्दै त्यस्ता मिथ्या भ्रममा नपर्न आम नागरिकलाई केसिले आग्रह गरेका छन ।