रुकुम(पूर्व) बाट प्रदेशसभा सदस्यको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका तेजबहादुर ओलीले सबै स्वतन्त्र नेताहरु हर्क र बालेन बन्न नसक्ने बताउनुभएको छ । आज भूमे गाउँपालिका १ लुकुममा गठबन्धनको सम्पर्क कार्यालय उद्ध्घाटन गर्दै उम्मेद्वार ओलीले चुनावमा होमिएका सबै स्वतन्त्रहरु हर्क र बालेन बन्न नसक्ने बताउनुभएको हो ।
रुकुम(पूर्व) को सन्दर्भमा भने स्वतन्त्र भएर भन्दा पनि नितान्त व्यक्तिगत स्वार्थको लागि पार्टीबाट विद्रोह गरेर गई उम्मेद्वारी दर्ता गराएको बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकाहरु पनि अहिले प्रतिगमणकारी शक्तिसँग मिलेको भन्दै उनिहरुले छर्ने भ्रममा नपर्न नागरिकलाई आग्रह गर्नुभएको छ । उम्मेद्वार ओलीले भन्नुभयो, “विचार र सिद्धान्तबाट निष्क्रिय भएर व्यक्तिगत स्वार्थको लागि पार्टीबाट विद्रोह गरी गएकाहरु हर्क र बालेन बन्न सक्दैनन् । अहिले आम नागरिकहरु गठबन्धनको पक्षमा रहेको कारण बागी उम्मेद्वारको पक्षमा खासै मत जादैन् ।”
बागी उमेद्वार समर्थकले भेगिय जातिय मुद्दा उठाइरहेता पनि भेग र जातिलाई सम्बोधन गर्न समानुपातिक तर्फ पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट दिल कुमारी बुढा, नेपाली काङ्ग्रेसबाट केशरमान रोका लगायत अरु पनि रहेको उमेदवार ओलीले बताउनुभयो । मंसिर ४ को निर्वाचन पछि प्रदेश सभाको कार्यकारी भुमिका सम्हालेर आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाको विकासमा जोड दिने उम्मेद्वार ओलीले बताउनुभयो । साथै शिक्षा, स्वास्थ्य, रोजगार, लगायतमा जोड दिनृ उहाँको भनाई छ ।
निर्वाचनको मिति नजिकै आइसकेको हुदा गठबन्धनका मत सुरक्षित गर्न र मत बदर न्यून गर्न मतदाता शिक्षामा जोड दिन गठबन्धन निर्वाचन परिचालन कार्यकर्तालाई उमेदवार ओलीले निर्देशन गर्नुभयो । मंसिर ४ मा सबै मतदाताले हसिया हथौड़ामा मतदान गरि संघ र प्रदेशका गठबन्धनका साझा उमेदवारलाई विजयी गराउन अपिल गर्नु भयो ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सहसचिव धनप्रताप बुढाले देशमा प्रतिगामी शक्तिहरुले १० वर्षे कठोर जनयुद्धको उपलब्धि संघिय गणतन्त्रलाई नै ध्वस्त बनाउने खेल खेलेको हुँदा देशलाई प्रतिगामी शक्तिबाट बचाउनु गठबन्धन भएको बताउनु भयो । गठबन्धन निर्वाचन परिचालन सम्पर्क कार्यलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बुढाले यसैपालीको प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट नै प्रतिगामी शक्तिलाई परास्त गर्नु पर्ने बताउनु भयो । देशलाई प्रतिगमनबाट जोगाउन सम्पुर्ण मतदाताले गठबन्धनका साझा उमेदवारलाई मतदान गर्नुपर्ने उहाँको भनाई छ ।
नेपाली काङ्ग्रेसबाट विद्रोह गरेर दुतकुमार पुनले बागी उमेदवार दिएको हँुदा पार्टीले उहाँलाई कारबाही गरिसकेको हुँदा बागी उमेदवारको समर्थनमा नलाग्न नेपाली काङ्ग्रेस जिल्ला सहसचिव बुढाले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन गर्नु भयो ।
नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर ओलीले गठबन्धनको साझा उमेदवारलाई मतदान गर्न नागरिकलाई अपिल गर्नुभएको छ । ओलीले प्रतिनिधि सभामा पुर्ण बहादुर घर्ती र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा तेजबहादुर ओली नै गठबन्धन दलको साझा उमेदवार भएकोले आधिकारिक उमेदवारलाई मतदान गर्नु पर्ने बताउनु भयो । अहिलेको अवस्थामा केही व्यक्तिहरु पार्टीबाट विद्रोह गरेर बागी उमेदवार बनेकोले बागी उमेदवारको भ्रममा नलाग्न ओलीले नागरिकलाई आग्रह गर्नुभभएको छ ।