पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुनले गठबन्धनको चुनावी चिन्हलाई स्थायी भावनात्मक साइनोसंग नजोड्न अपिल गर्नुभएको छ । सत्ता गठबन्धनले रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा आयोजना गरेको चुनावि सभालाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताउनुभएको हो ।

पुनका अनुसार जनयुद्ध र सयुक्त जनआन्दोनदेखि नै सबै दल मिलेर पञ्चायतदेखिका व्यवस्था ढाल्न सम्भव भएको बताउनुभएको छ । पुनले नेकपा एमालेका अध्यक्ष केपि ओलिप्रति कटाक्ष गर्दै केपि ओली नामका महाराजा भन्दै कम्युनिष्ट आन्दोलन र उपलब्धिको व्यवस्थालाई सखाप पार्ने कदम चालेको समेत आरोप लगाउनुभएको छ । आज देशलाई समृद्ध, आत्मनिर्भर र समाजवादी अर्थतन्त्रको शिलन्यास गर्नुपर्ने अवस्थामा आइपुुगेको र यसै कुरामा आधारित रहि गठबन्धनलाई बुझ्नुपर्नेमा जोड दिनुभयो । नेता पुनले जनताको उत्साह र उपस्थितिले गठबन्धनको विजय भैसकेको र आधीकारिक घोषणा गर्न मात्रै बाकि रहेको बताउनुभएको छ । उहाँले आफ्नो पालादखि नै रुकुमकोटलाई पहिचानयुक्त सहर बनाउने पहल गरेको र केपि ओलि सरकारको पालामा उक्त योजना निष्कृय बनाएको र अहिले पुनः मास्टर योजनामा समेटिएको समेत जानकारी गराउनुभएको छ ।

रुकुमकोटमा आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्णबहादुर घर्तीले कुनै समयमा आकस्मिक लागेका कुराहरु आज अलौकिक हुने गरेको प्रसंग सुनाउदै घर्तीले रुकुमकोटमा आफुले विद्यार्थी राजनीतिदेखि विद्रोह गर्दासम्मका क्षणहरुलाई स्मरण गर्नुभएको छ । उहाँका अनुसार संघियता र समानुपातिक समावेशी शिद्धान्तलाई नस्विकार्ने केपि ओली र दरारियाहरुका मान्छेहरुले आफुहरुहरुका एजेन्डालाई जनताका बिचमा भ्रमहरु शिर्जना गरेको बताउनुभएको छ । रुकुमकोट भनेको रुकुम जिल्लाकै फलामे ढोका भएको पनि उहाले बताउनुभयो । घर्तीले जिल्लाको ऐतिहासिक नेतृत्व गर्ने र आफ्नो जिवनकाल रुकुमको समृद्धिको लागि खर्चिने पनि प्रतिबद्धता गर्नुभएको हो ।

आज परिवर्तनकारि र प्रतिगमनकारिबिचको सग्रांम लडाइँ भएको हुदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई हसिया हथौड़ा र रुख चिन्ह सहित आ आफ्ना दलका समानुपातिक चिन्हहरुमा भोट दिएर प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुलाई विजय गराउन उहाँले अपिल गर्नुभएको छ ।

यसै क्रममा जिल्ला निर्वाचन क्षेत्र नम्बर (२) का उम्मेदवार नेपाली काग्रेँसका धनबहादुर केसी (डिबि) ले भन्नुभयो, “यो गाउँ ठाउँ म हुर्के बढेको हो । यस भूमिलाई म आमाको प्राण भन्दापनि प्यारो ठान्छु ।” आफु विजय भैसकेपछि राज्यकोषबाट कुनैपनि तलव र सेवा सुविधा नलिएर जनताको सेवा गर्ने प्रतिबद्धता केसीले जनाउनुभएको छ ।