रुकुम पुर्ब: सत्ता गठबन्धनको चुनावी सभा भुमे गाउँपालिका ५ को केन्द्र सेराबाङमा सम्पन्न भएको छ । सत्ता साझेदार नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादी पाटीको संयुक्त चुनावी सभा सेरावाङमा सम्पन्न भएको हो ।

भुमे गाउँपालिका ४ र ५ लाई लक्षित गरि गठबन्धन दलले शनिबार सेवाबाङमा चुनावी सभा आयोजना गरेका थिए ।

मंसिर ४ गते हुने आम निर्वाचनलाई आफ्नो पक्षमा पार्न गठबन्धनका नेता तथा कार्यकर्ता लागि परेका छन ।
सोही क्रममा गठबन्धनका नेता कार्यकर्ता मतदाता रिझाउन सेरावाङ पुगेका थिए । सेरावाङ पुगेका उम्मेदवार तथा नेता कार्यकर्तालाई स्थानीयले फुलमाला र अबिर आवरण संगै पन्चेबाजाले भब्य स्वागत गरेका थिए ।

सेरावाङमा भएको चुनावी सभालाई पुर्व मन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गनेशमान पुन, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा लुम्बिनी प्रदेशका संस्थापक सभामुख पुर्ण घर्ती, पुर्व मन्त्री तथा माओवादी केन्द्रकि स्थायी समिती सदस्य कमला रोका, पुर्व मन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दलजित सिर्पालीले सम्बोधन गरेका थिए ।

यस्तै नेपालि काङ्ग्रेसका जिल्ला सभापति तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार केशरमान रोका, प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का प्रदेश सभा सदस्य धनबहादुर केसि, एकीकृत समाजबादिका केन्द्रिय सदस्य तथा प्रदेश समानुपातिक उम्मेदवार भिउमान घर्ती,

समानुपातिक उम्मेदवार कुसुम देबि थापा र काङ्ग्रेस नेतृ तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) कि समानुपातिक उम्मेदवार सरिता बिसिले सभालाई सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्ने अधिकाङ्स नेताले संविधानको रक्षा र रुकुमको बिकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए । सभामा गठबन्धनमा आवद्ध नेता कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।