रुकुम(पूर्व) प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले जनमत गठबन्धनको पक्षमा रहेको बताउनुभएको छ । शनिबार भुमे गाउँपालिका वडा नम्बर ३ सिमामा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई संबोधन गर्दै चुनावी अभियानको क्रममा जनमत गठबन्धनको पक्षमा देखिएको बताउनुभयो । मनोनयनपछिको घरदैलो र सभाको क्रममा जनतसँग भेटघाट गर्दा जनमत गठबन्धनको पक्षमा रहेको बताउनुभएको हो ।

चुनाव जितेर गएपछी जनताको भावना, मर्म अनुरुप काम गर्ने प्रतिबद्धता उहाले जनाउनुभएको छ ।

नेपालका राजनीतिक दलले एक्लाएक्लै लडेर बहुमत ल्याउने अवस्था छैन । स्थाइ सरकार निर्माणको लागि स्थाई सरकार स्थापना हुनुपर्छ । एमालेसँग मिलेर बहुमतको सरकार बनाएको तर त्यो सरकार केपि ओलिले टिक्न नदिएको बताउदै ओलिले अब पाँच दलिय गठबन्धनको स्थाइ सरकार बनाएर जनताको जिवनस्तर बदल्ने, देशको विकास गर्ने बताउनुभयो । हिजोका दिनमा कांग्रेस सरकार र माओवादी विद्रोही पक्ष हुदाका घाउहरुलाई अब मिलेर पुर्नुपर्ने भनाई उहाको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सह(सचीव धनप्रताप बुढाले कुनै पनि द्विविधामा नपरी गठबन्धन्को पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीको विरुद्धमा बनेको गठबन्धनले स्थाई सरकार बनाई विकासलाई गति दिने भएकाले सबै नागरिकले गठबन्धनका साझा उम्मेदवारलाई भारी बहुमतले विजयी गराउनुपर्ने बताउनुभएको छ । सधै द्वन्द गरेर केही उपलब्धि नहुने बताउदै सहसचिव बुढाले पुराना तिक्ततालाई विर्सेर एकले अर्कालाई स्विकारेर जानुपर्ने जोड दिनुभएको छ । उहाले भन्नुभयो, अब हामी राजनीति चेतनाबाट माथी उठ्नुपर्छ ।

नेकपा माओवादी केन्द्र भुमे गाउँपालिका समितिका अध्यक्ष रुपधन कामिले मतदाता शिक्षालाई जोड दिन सबैलाई आग्रह गर्नुभएको छ । अहिलेको चुनावमा नागरिकहरु भोट हाल्ने कुरामा अलमल देखिएको बताउदै गाउँपालिका र वडास्तरका कार्यकर्तालाई गाउँघरमा मतदाता शिक्षा कार्यक्रमलाई जोड दिन आग्रह गर्नुभएको छ । केन्द्रको निर्देशनरनिर्णय अनुसार गठबन्धनको पक्षमा भोट हाल्न उहाले ३ नम्बर वडाबासिलाई आग्रह गर्नुभएको छ । अहिले बागी उम्मेदवारले सिमाबाट खाबाङ गाउँपालिकाको केन्द्र सार्ने भुमिका पार्टिका आधिकारिक उम्मेदवारले सारेको भन्ने भ्रम जनता माझमा छर्ने गरेको बताउदै अध्यक्ष कामिले रामसुर बुढाकै पालामा सिमाबाट गाउँपालिकाको केन्द्र खाबाङ सारिएकाले अनावश्यक भ्रममा नपर्न त्याहाँका नागरिकलाई आग्रह गर्नुभयो ।