रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसीले विकास र समृद्धिको लागि गठबन्धन बनेको बताएका छन । शनिवार भूमे गाउँपालिका ५ को सेराबाङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै केसीले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताए ।

सम्बोधनका क्रममा केसीले गठबन्धन सबैको लागि अवसर भएको बताए । गठबन्धनका कार्यकर्ता र गठबन्धनमा आवद्ध आम नागरिकलाई एक भएर गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे ।

५ नम्बर वडाका जनताले उम्मेदवार केसी समक्ष विकास निर्माणको लागि मागपत्र समेत पेश गरेका थिए । ५ नम्बर वडाका नागरिकले केसी समक्ष सडक, पुल र गुणस्तरिय स्वास्थ्य तथा शिक्षाको माग राखेका थिए ।

माग पत्र बुझदै उम्मेदवार केसीले नागरिकले राखेका माग पूरा गर्ने प्रतिवद्धता जनाएका छन । काडा, साक्मि, सेरावाङ र डालिबाङमा भएका समस्यालाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने केसीले सङकल्प गरेका छन ।

जनताले आफू प्रति गरेको विश्वासलाई कुनै कोणबाट टुट्न नदिने केसीले बताएका छन ।