रुकुम पूर्वः मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन परिवर्तनकारी शक्तिको महासङग्राम भएको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुर्ण घर्तीले बताएका छन । लामो संघर्ष र बलिदानबाट ल्याएको जुन संविधान र संघीय प्रणाली छ ।
घर्तीले भने यो प्रणालीलाई खारेज गर्ने । संबिधानले दिएका विभिन्न अधिकारहरुलाई च्यात्ने, समानुपातिक समावेशी सिद्धान्त, संविधानका अभूत पूर्व परिवर्तनकारी सोचहरुलाई समाप्त गर्ने, समानुपातिक सिद्धान्तलाई खारेज गर्ने षड्यन्त्र केपी ओलीको नेतृत्वले गर्याे ।

त्यसको विरुद्ध र देश र जनताले पाएका अधिकार संगै भएको व्यवस्थाको रक्षा गर्न गठबन्धन भएको घर्तीले बताए । समृद्ध देशको खाका कोर्ने एजेण्डा बोकेर संयुक्त बाम गठबन्धन उभिएको छ । उम्मेदवार घर्तीले भने यो बाम लोकतान्त्रिक गठबन्धन मात्र केहि थान मान्छेहरुलाई चुनावद्धारा सत्तामा पुर्याउने प्रकृया नभएर यो परिवर्तन र प्रतिगमन शक्तिको महासङग्राम हो ।

त्यस अर्थमा बुझन मेरो अनुरोध छ । उनले भनेका छन । पार्टीको नीति विपरित केहि व्यक्ति स्वतन्त्र उम्मेदवारको रुपमा उभिएका छन । कयौँ भ्रमहरु फैलाइ रहेका छन । कयौँ गठबन्धन दलका साथीसंग पनि शंका उपजिएका छन । शंकाबाट मुक्त हुन आग्रह गर्दछु । पार्टीको आधिकारिक निर्णयले के बोलेको छ ? के भनेको छ ? पार्टीका आधिकारिक नेताले के भनेका छन ? त्यो कुरा सहि हो । पार्टीको आधिकारिक निर्णय अनुसार हामि गएका छौ । की छैनौ ? त्यो कुरा सहि हो ।

स्वतन्त्र उम्मेदवारले छरेका भ्रमपूर्ण कुराको पछि नलाग्न आम नागरिकलाई घर्तीले आग्रह गरेका छन । शनिवार भूमे गाउँपालिका ५ को सेरावाङमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा घर्तीले यस्तो बताएका हुन ।