रुकुम पुर्व: प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का स्वतन्त्र उम्मेदवार नरहरी खड्काले चुनावी अभियान तीब्र पारेका छन । चुनावको मिति नजिकिँदै जादा जिल्लामा सक्रिय राजनितिक दलले चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिइरहेका छ्न ।

गठबन्धन दलबाट उम्मेदवारी बिभाजनमा असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका पुर्व कार्यकर्ता समेत रहेका खड्काले पनि चुनावी अभियानलाई तीब्र पारेका हुन ।

प्रदेश निर्वाचन क्षेत्रका प्रायः सबै वडामा पुगेका उम्मेदवार खड्काले शनिबार चुन्वाङमा चुनावी कार्यक्रम सम्पन्न गरेका छन । नागरिकलाई आफू केन्द्रित गर्न चुन्वाङ पुगेका खड्कालाई त्यहाँका स्थानियले स्थानीय सास्कृतिक झाकी सहित फुल माला र अबिर आवरणले भव्य स्वागत गरेका थिए ।

चुन्वाङका नागरिक स्वतन्त्र उम्मेदवार केन्द्रित भएको उम्मेदवार खड्काले बताए । राजनीतिक दल र दलका कार्यकर्ताले गर्ने ब्यवहार देखि आजित भएका नागरिक स्वतन्त्र केन्द्रित भएको खड्काले जानकारी दिए ।

म जुन वडामा पुग्छु खड्काले भन्ने त्यहाँ जनताको उत्साह जनक सहभागिता र समर्थन पाएको छु । त्यसले मलाई उत्साहित बनाएको छ ।

घोडा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका खड्का समक्ष चुन्वाङका नागरिकले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, पुल लगाएतका विकास निर्माणका योजनाहरु माग गरेका थिए ।

कार्यक्रममा बोल्दै उम्मेदवार खड्काले नागरिकले राखेका मागलाई आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । खड्काले आफू नागरिकका समस्या समाधान गर्ने उद्देश्यले नै राजनीतिमा होमिएको बताएका छन ।