रुकुम पुर्ब: सत्ता गठबन्धनको चुनावी सभा प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को खाबाङ बगरमा सम्पन्न भएको छ । सत्ता गठबन्धनका नेता कार्यकर्ताले आइतबार भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगरमा चुनावी सभाको आयोजना गरेका थिए ।

मंसिर ४ गते हुने आम निर्वाचनलाई आफ्नो पक्षमा पार्न गठबन्धनका नेता तथा कार्यकर्ताले जिल्लाभर चुनाव केन्द्रित कार्यक्रम गरिरहेका छन । सोही क्रममा गठबन्धनका नेता कार्यकर्ता मतदाता रिझाउन खाबाङ बगर पुगेका थिए ।

खाबाङ पुगेका उम्मेदवार तथा नेता कार्यकर्तालाई स्थानीयले फुलमाला र अबिर आवरण संगै पन्चेबाजाले भब्य स्वागत गरेका थिए ।

माओवादी केन्द्रका भुमे गाउँपालिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभालाई पुर्व मन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गनेशमान पुन,

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा लुम्बिनी प्रदेशका संस्थापक सभामुख पुर्ण घर्ती, पुर्व मन्त्री तथा माओवादी केन्द्रकि स्थायी समिती सदस्य कमला रोका, पुर्व मन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दलजित सिर्पालीले सम्बोधन गरेका थिए ।

यस्तै नेपालि काङ्ग्रेसका जिल्ला सभापति तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार केशरमान रोका, प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार तेजबहादुर ओलिले आफ्ना प्रतिबद्धता सहित सभालाई सम्बोधन गरेका थिए ।

यस्तै एकीकृत समाजबादिका केन्द्रिय सदस्य तथा प्रदेश समानुपातिक उम्मेदवार भिउमान घर्ती, माओवादी केन्द्रका सिस्ने गाउँपालिका इन्चार्ज तथा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, नेपाली काङ्ग्रेसकि नेतृ तथा प्रतिनिधि सभाकी समानुपातिक उम्मेदवार कुसुम देबि थापा, वाइसीएलका केन्द्रिय अध्यक्ष तथा प्रदेश समानुपातिक उम्मेदवार सुबोधराज सिर्पाली,

माओवादी केन्द्र पुथाउत्तरगङगा गाउँपालिका उपाध्यक्ष तथा प्रदेश समानुपातिक उम्मेदवार डिलकुमारी बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष चन्द्र बिक्रम शाही लगायतको सभामा उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्ने अधिकाङ्स नेताले संविधानको रक्षा र समग्र रुकुमको विकासको लागि गठबन्धनका उम्मेदवारलाई बिजय गराउन आग्रह गरेका थिए । सभामा गठबन्धनमा आवद्ध नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव धनप्रताप बुढाको स्वागत मन्तव्य रहेको चुनावी सभा कार्यक्रमको संचालन माओवादी केन्द्र भुमे गाउँपालिका ३ वडा अध्यक्ष चन्द्र रसाइलीले गरेका थिए ।

सत्ता साझेदार दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले संयुक्त चुनावी सभा खावाङ बगरमा सम्पन्न गरेका हुन ।