रुकुम पुर्ब: प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) का उम्मेदवार तेजबहादुर ओलिले संविधानको रक्षा विकास र समृद्धि हासिल गर्न बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको बताएका छन । आइतबार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भुमे गाउँपालिकाको केन्द्र खाबाङबगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलिले यस्तो बताएका हुन ।

यो पाँच वर्षमा केही उपलब्धिमुलक विकास निर्माणका कामहरु सम्पन्न भएका छन । उनले भने बाकी रहेका अपुरा कामहरू पूरा गर्न पनि गठबन्धनका उम्मेद्वारको बिजय अपरिहार्य छ । ओलीले थपे व्यक्तिगत स्वार्थका लागि केहि व्यक्तिहरु स्वतन्त्रको नारा लिएर गाउँ पसेका छन । उनिहरु आफ्नो पराजय र गठबन्धनका उम्मेदवारको बिजय निश्चित देखेर अतालिएका छन ।
अतालिएर नागरिक सामु भ्रमको बीउ छरिरहेका छन । झुठा आश्वासन, डर, धम्की र लोभ बाडिरहेका छन । त्यस्ता भ्रमपुर्ण कुराको पछि नपर्न सबै नेता कार्यकर्ता र मतदातालाई उनले आग्रह गरे।

पराजित मानसिकताले घेरिएका दुई चार जनाले कालो झण्डा देखाउदैमा जित नरोकिने ओलिले बताए । त्यस्ता गतिविधिबाट आत्तिन हुन्न । उनले भने अहिलेसम्म १७ वटा वडामा जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन । सिङ्गो पाटी गठबन्धनको पक्षमा उभिएको हुँदा गठबन्धनको जित निश्चित भएको उम्मेदवार ओलिले बताए ।

गठबन्धन प्रतिगमनकारी, संविधान बिरोधिहरुको बिरुद्ध र स्वतन्त्र भनिनेहरु त्यही प्रतिगमन समुहसङग घाटी जोडेर जनतालाई भ्रमित पार्दै हिडिरहेको ओलिले आरोप लगाए ।

आफू निर्वाचित भएपछी बिगतमा भएका केही गल्ती कमजोरीलाई आत्मसात गर्दै जनताको भावना, चाहना, जन अपेक्षा र आवश्यकता अनुसार थप काम गर्ने उनले प्रतिबद्धता जनाएका छन ।