नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गनेशमान पुनले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताए । आइतबार भूमे गाउँपालिका २ खाबाङमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले गठबन्धनलाई भारी मतले विजयी गराउन मतदातालाई आग्रह गरेका छन ।
प्रत्यक्षमा गठबन्धनका उम्मेद्वार र समानुपातिकमा आ आफ्ना दलका उम्मेदवारको पक्षमा मत उनले भनेका छन ।
गठबन्धनको निर्णय विरुद्ध गएर पार्टीको अनुशासन नतोड्न नेता पुनले सबैलाई आग्रह गरे ।
गठबन्धनको विजयले रुकुम(पूर्व) को स्वरुप फेरिनेमा आफु विश्वस्त रहेको उनको भनाइ छ । चुनाव नजिक नजिक आएको हुँदा मतदाता शिक्षालाई तीब्र रुपमा अघि बढाउन उनले नेता कार्यकर्तालाई अनुरोध गरेका छन ।
यस्तै पूर्व मन्त्री तथा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य कमला रोकाले पनि जिल्लाको विकासको निम्ति गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन अपिल गरेकी छिन ।
गठबन्धनको विजयले रुकुम(पूर्व) लाई विकास र समृद्धितर्फ डोर्याउने उनको तर्क छ । जनलहर पनि गठबन्धनको पक्षमा देखिएको कारण गठबन्धनको विजय सुनिश्चित भइसकेको रोकाले दावी गरिन ।
यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दलजित सिर्पालीले पनि गठबन्धनका आधिकारिक उम्मेद्वारलाई जिताउन अपिल गरेका छन ।