
रुकुम(पूर्व) मा निर्वाचनलाई लक्षित गरि मादक पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर जिल्लामा मादक पदार्थ निषेध गरिएको जानकारी गराएको हो ।
जिल्लामा मदिरा ओसार पसार, बिक्रि वितरण तथा सेवनमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण, भयरहित एवं विश्वसनीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार जिल्लामा मदिरा निषेध गरिएको हो ।
२७ गते आईतबार राति १२ बजेदखि अन्तिम मतपरिणाम घोषणा नहुँदा सम्म जिल्लामा मदिरा ओसार पसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको सुचनामा उल्लेख गरिएको छ । उक्त सूचनाको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कारबाहि गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।