रुकुम पुर्व: प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का उम्मेदवार धनबहादुर केसिले नाथिगार मेला तत्काल संचालन गर्न आग्रह गरेका छन । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षालाइ मध्यनजर गरि मेला नलगाउने निर्णय गरिएको थियो ।

सो निर्णय स्थानीय तह, प्रशासन र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखले गरेका हुन । हरेक वर्ष कार्तिक कृष्ण पन्चमी अर्थात यस वर्ष कार्तिक २७ देखि सुरु हुनुपर्ने नाथिगार मेला उक्त निर्णयका कारण रोकिएको छ ।

स्थानीय तह र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको निर्णय पछि मुलुक पाटी अनलाइनबाट यस वर्ष नाथिगार मेला नलाग्ने शिर्षकको समाचार बाहिरीएको थियो ।

उक्त समाचार प्रती टिप्पणी गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले परम्परा देखि लाग्दै आएको मेला रोक्न नहुने सुझाव दिएका थिए। मेला रोकिएको समाचारले मेला जान भनी तयारी गरिरहेका अधिकाङस मेलाप्रेमिहरु चिन्तित छन ।
धेरैले चुनावका कारण परम्परा र संस्कृतिकाे जगेर्ना झल्किने मेला रोक्नु दु:खद भएको प्रतिक्रिया दिए । भन्ने कतिपयले सत्ता गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्ताले मेला रोकेको आरोप लगाए ।

उक्त आरोप अन्य नेताको तुलनामा प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार केसीलाई लाग्दै आएको छ । केसी नाथिगारका स्थानीय भएका कारण पनि आरोप उनी केन्द्रित भएको धेरैको आकलन छ ।

उक्त आरोपप्रती खण्डन गर्दै उम्मेदवार केसीले सामाजिक संजाल फेस्बुकबाट स्पष्टीकरण दिएका छन । आदरणीय रुकुम पूर्ववासी जनसमुदाय परम्परागत रुपमा लाग्दै आएको रुकुम पूर्वकै ठुलो मेला नाथिगाड मेलाका सन्दर्भमा भइरहेका गलत र कपाेकल्पीत प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

गठबन्धनले रोक्न खोजेकाे भनि गरेको गलत प्रचार आसन्न निर्वाचनलाई प्रभावित पार्नखाेज्नु बाहेक अरु केही पनि हाेइन ।

यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन दलको साझा उम्मेदवारकाे हैसियतले परम्परा र संस्कृतिको संरक्षण गर्नु तपाईं हामी सबैको जिम्मेवारी हो भन्ने ठानेको छु ।

उम्मेदवार केसीले सामाजिक संजाल फेस्बुकमा लेखेका छन । उनले भने मेला राेकिएकाे वा नराेकिएकाे यस विषयमा मलाई कुनै पनि जानकारी छैन ।

यदी कहीँ कतैबाट मेला राेक्न खाेजीएकाे भए परम्परा र संस्कृतिकाे जगेर्नाका लागि परम्परादेखि लाग्दै आएको, आफ्नो छुट्टै इतिहास बोकेको नाथिगाड मेला तत्काल सञ्चालन गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनसमुदाय सबै समक्ष हार्दिक अनुरोध समेत गर्दछु । फेस्बुकमा लेखिएको छ ।

नाथिगार मेला नलाग्ने शिर्षकको समाचार बाहिरीए पछि आएका केही टिप्पणीहरु