रुकुम पुर्व: माओवादी केन्द्र रुकुम पुर्वले ९ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । पाटी र गठबन्धनको निर्णय बिपरितका कार्य गरेका ९ नेता कार्यकर्ता कारबाही परेका हुन ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गरि जिल्ला इन्चार्ज तेजबहादुर ओलिले कारबाही गरेको जानकारी दिएका छन । पाटीको नीति विधि भन्दा बाहिर गएर गैरजिम्मेवार काम गरेकालाई पाटिले कारबाही गरेको ओलिले बताए ।
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा पाटीको केन्द्रिय नीति विपरीत बाम लोकतान्त्रिक गठबन्धनको विरुद्धमा हाम्रो पाटी माओवादी केन्द्रका नेता कार्यकर्ताले पाटिका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिएका र बागी उम्मेदवारका प्रस्ताबक र समर्थक बनी चुनाव प्रचारप्रसार कार्यक्रम गर्ने, पाटिका नेतृत्व विरुद्ध भ्रामक प्रचार बाजि गर्ने गरेकाले आजका मिति देखि पाटिको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।
जिल्ला इन्चार्ज ओलिले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
कार्वाहीमा परेका नेता कार्यकर्ताहरु
१ । जगत घर्ती नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार सदस्य
२ । कर्ण बहादुर खत्री माओवादी केन्द्र सिस्ने गाउँकमिटी सचीव
३ । रुपेन्द्र मल्ल नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पुर्व कार्यालय सचीव
४ । खर्कसिंह थापा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य
५ । विवेक खड्का माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य
६ । बिष्णुजङग शाह माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य
७ । गणेश बुढा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य
८ । अमृते बुढा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य
९ । नरहरि खड्का पाटी सदस्य तथा निर्माण व्यवसायी संगठन सदस्य