रुकुम पुर्वबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका तेजबहादुर ओलिले रुकुम पुर्वको विकास र समृद्धिलाई नयाँ उचाईमा पुर्याउने बताउनुभएको छ । आज जिल्लाको भुमे गाउँपालिका ६ महतमा भएको गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै उम्मेदवार ओलिले अब चुनाब जितेर गएपछी रुकुम पुर्वको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।
गएको पाँच वर्षको अवधिमा जिल्लामा विकासको जग हालेको बताउदै उहाले अब यस जिल्लाको विकास र समृद्धिको लागि गठबन्धन दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
रुकुम पुर्व थुप्रै सम्भावना बोकेको जिल्ला भएकाले यी सम्भावनालाई जिल्लाको समृद्धिसँग जोडेर काम गर्ने प्रतिबद्धता उहाले जनाउनुभएको छ । यस जिल्लामा विकासको केही नमुना कामको सुरुवात गरेको र केही कामबाट जनताले लाभ पनि लिइरहेको बताउदै उम्मेदवार ओलिले केही कामको परिणाम आउन बाकी रहेको बताउनुभयो ।
आम नागरिकलाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै जितेर गएपछी अभिभावकको भुमिका निर्वाह गर्ने उहाको भनाई छ।
एक हिसाबले गठबन्धनको पक्षमा जनमत देखिएकाले जित सुनिश्चित भएको जिकिर पनि उहाले गर्नुभएको छ ।