रुकुम : नेपाल पत्रकार महासंघ रुकुम शाखाले रुकुम पुर्वका पत्रकारहरूलाई प्रेस ज्याकेट वितरण गरेको छ । विभिन्न सञ्चार माध्यममा काम गर्ने १४ पत्रकारलाई प्रेस ज्याकेट वितरण गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । केसी आफै पुगेर सदरमुकाम रुकुमकोटमा ज्याकेट वितरण गरेका हुन ।

विशेष गरेर पत्रकारहरुलाई समाचार संकलन र महासंघको संस्थागत पहिचान देखाउन सहयोग पुर्याउने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको महासंघ अध्यक्ष केसीले बताएका छन । नेपाल पत्रकार महासंघ रुकुम शाखाको सहयोगमा निशुल्क प्रेस ज्याकेट वितरण गरिएको हो ।

केसीले प्रेस ज्याकेटको दुरुपयोग नगर्न सबै पत्रकारलाई सचेत समेत गराएका छन । उनले आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई शान्त एवम् भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग गर्न जिल्ला स्थित सञ्चार माध्यम र पत्रकारलाई निर्देशन दिएका छन ।

जिल्लामै पुगेर प्रेस ज्याकेट वितरण गरेकोमा जिल्ला स्थित पत्रकारहरुले महासंघका अध्यक्ष केसीलाई धन्यवाद दिएका छन । केसीले आइतबार रुकुम पश्चिमका २१ पत्रकारलाई पनि प्रेस ज्याकेट वितरण गरेका थिए ।