रुकुम पुर्व: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले केन्द्रीय उपाध्यक्ष केशव रावललाई कारबाही गरेकाे छ । बाम-लाेकतान्त्रिक गठबन्धन दलहरू बिच भएकाे सहमति विपरित रूकुम पूर्व प्रदेश सभा (ख) मा गठबन्धनका आधिकारिक उम्मेद्वार विरूद्घ उम्मेदवारी दिएकाे भन्दै संगठनले सोमबार रावललाई कारबाही गरेकाे हाे ।

संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै रावललाई संगठनकाे सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएकाे जानकारी गराएकी छिन ।

रावललाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले यसअघि नै कारबाही गरिसकेकाे छ । रावलले गठबन्धनका उम्मेदवार विरूद्घ रूकुम पूर्व प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका छन ।