रुकुम पुर्व: नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पाँच दलिय गठबन्धनको तर्फबाट रुकुम पुर्व प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलिले जनताको माग पूरा गर्ने बताउनुभएको छ । मंगलबार भुमे गाउँपालिका ७ गुनाममा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताले राखेका माग पूरा गर्ने बताउनुभयो ।
गुनामका नागरिकले भोट माग्न त्यहाँ पुग्नुभएका उम्मेदवार ओलिलाई विभिन्न विकास निर्माणका मागहरु राखेका छन् । गुनामा सडक संजालको विकास विस्तारसँगै स्वास्थ्यचौकी निर्माण र विद्यालयको संरचना निर्माणको माग गरेका छन् ।
गुनामबासिले राखेको मागलाई प्रतिबद्ध रहेर पूरा गर्ने बाचा गर्नुभएको छ । गुनामबासिले पनि उम्मेदवार ओलिलाई भोट दिएर जिताउने बताएका छन् ।
कार्यक्रममा बोल्दै इतिहास देखि नै देश संकटमा पर्दा प्रतिगमनकारिको विरुद्धमा गठबन्धन हुँदै आएको बताउदै उम्मेदवार ओलिले गठबन्धन शान्ति प्रक्रियाको बाकी काम पूरा गर्ने प्रक्रिया रहेको बताउनुभयो ।
यसरी कांग्रेस माओवादि एक ठाउँमा रहदा द्वन्दका घाउहरु पनि पूरा हुने उहाँको भनाई छ ।