
रुकुम पूर्वः प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार पूर्ण घर्तीले मतदान गरेका छन । लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्तीले विहान ७ बजे नै मतदान गरेका हुन ।
उनले गृह वडा नेपाल राष्ट्रिय मावि भूमे ९ चुन्बाङ स्थित (क) मतदान केन्द्रबाट मतदान गरेका छन ।
माओबादी केन्द्रका प्रभावशाली नेता समेत रहेका घर्तीले संविधानको रक्षा र रुकुम पूर्वको समृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएको जानकारी दिए ।
उम्मेदवार घर्तीको वडामा एक हजार ९ सय ६६ मतदाता रहेका छन । घर्तीले मतदान गरेको नेपाल राष्ट्रिय मावि गैरिगाउँमा एक हजार ६ सय २८ र आधारभूत विद्यालय सिमचौरमा ३ सय ३८ मतदाता छन । त्यहाँ विहानै देखि मतदान जारी रहेको छ ।