रुकुम पूर्वः माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित सिर्पालीले मतदान गरेका छन । सिर्पालीले भूमे ७ मा रहेको आधारभूत विद्यालय गुनामबाट मतदान गरेका हुन ।

७ नम्बर सिर्पालीको गृह वडा हो । सिर्पालीले मतदान गरेको मतदान स्थलमा ३२२ मतदाता रहेका छन । त्यहाँ नेता सिर्पालीबाट मतदान सुरु भएको थियो । उनले विहान ७ः०० बजे नै मतदान गरेको जनाए ।