
रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसीले नाथिगाडबाट मतदान गरेका छन । उम्मेदवार केसीले सिस्ने गाउँपालिका ७ को आधारभूत विद्यालयल नाथिगाड मतदान केन्द्रबाट मतदान गरेका हुन ।
व्यवस्था जोगाइ नागरिकको अवस्था बदल्न गठबन्धनका उम्मेदवारलाई मतदान गरेको केसीले बताए । ७ नम्बर उम्मेदवार केसीको गृह वडा हो । त्यहाँ ९ सय ६२ मतदाता रहेका छन ।
जसमध्य जनसेवा आधारभूत विद्यालय सानचौरमा ६०३ र आधारभूत विद्यालय नाथिगाडमा ३५९ मतदाता छन । दुवै मतदान स्थलमा विहान ७ बजे देखि मतदान जारी रहेको वडा अध्यक्ष सशिधर बुढाले जानकारी दिए ।