
रुकुम पुर्व: रुक्मिणी मावि रुकुमकोटमा रोकिएको मतदान पुनः सुरु भएको छ । वालिसे मतदानमा विवाद उत्पन्न भएपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको थियो ।
कुनै ब्यक्तिले शारीरिक अस्वस्थताका कारण मत राख्न अर्कालाई दिएमा त्यस्तो मत सम्बन्धित घरका ब्यक्तिले मात्र राख्न पाउने, यदि घरका ब्यक्ति नभए मतदाताले इच्छाएको व्यक्तिले मतदान गर्न सक्ने निर्णय सर्वदलीय बैठकमा गरिएको थियो ।
तर दलका उम्मेदवार र प्रतिनिधिले त्यसमा विवाद गरेपछि मतदान रोकिएको थियो ।
शान्त एवम् भयरहित वातावरणमा मतदान सम्पन्न गर्न निर्वाचन आयोगले रुक्मिणी माविमा तीन मतदान केन्द्र बनाएको छ । तीन वटै मतदान केन्द्रमा अहिले मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।
कुनै ब्यक्तिले शारीरिक अशक्त भएर मतदान गर्न सक्ने स्थिति नभएको खण्डमा सम्बन्धित व्यक्तिको परिवारको सदस्यले मात्र वालिसे मतदान गर्न पाउने सहमतिमा मतदान पुनः सुरु गरिएको निर्वाचन अधिकारी ओलीले बताए ।
ओलिका अनुसार अशक्त मतदाताले इच्छाएको ब्यक्तिले अब वालिसे मतदान गर्न पाउने छैनन् ।
मतदान रोकिएपछी रुक्मिणी माविमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै मतपेटिकाको सुरक्षाको लागि प्रत्येक मतपेटिकामा सुरक्षाकर्मी राखिएको छ ।
अहिलेसम्म रुक्मिणि माविमा बाह्र सय भन्दा बढी मत खसेको छ । यस वडामा दुइ हजार एक सय ६१ मतदाता रहेका छन ।