रुकुम पूर्वः जिल्लामा ६१.८२ प्रतिशत अर्थात २१ हजार ९० मत खसेको छ । सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी मावि मतदान स्थलमा सामान्य विवाद हुदाँ केहि समय मतदान रोकिए पनि जिल्लाभर शान्त वातावरणमा मतदान सम्पन्न भएको छ ।

जिल्लाका सवै ठाउँमा शान्त रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ं.८२ मत अर्थात २१ हजार ९० मत खसेको हो ।

जसमा दश हजार एक सय ८७ पुरुष र दश हजार ९ सय ३ जना महिलाले मतदान गरेका छन । जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र कायम गरिएको थियो । यहाँ ३४ हजार एक सय १२ मततदाता रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर (१) मा कति मत खस्यो ?
निर्वाचन क्षेत्र नम्बर (१) मा ५८.७२ प्र्रतिशत मत खसेको छ । त्यहाँ जम्मा १० हजार चार सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

यो निर्वाचन क्षेत्रमा पाँच हजार तीन सय १ पुरुष र पाँच हजार एक सय ३८ महिलाले मतदान गरेका छन । निर्वाचन क्षेत्र नम्बर (१) मा जम्मा १७ हजार ७ सय ७७ मतदाता रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर (२) मा कति मत खस्यो ?
निर्वाचन क्षेत्र नम्बर (२) मा ६५.२० प्रतिशत आर्थात १० हजार ६ सय ५१ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा चार हजार आठ सय ८६ पुरुष र पाँच हजार ७ सय ६५ महिला मतदाताले मतदान गरेका छन । यो निर्वाचन क्षेत्रमा जम्मा १६ हजार तीन सय ३५ मतदाता रहेका छन ।

यसैगरि अस्थायी मतदान केन्द्रमा ७ प्रतिशत अर्थात ५६ मत खसेको छ । जिल्ला समन्वय समितिको कार्यालय रुकुमकोटमा अस्थायी मतदान केन्द्र बनाइएको थियो ।

जम्मा ७ सय ७७ मतदाता रहेकोमा ५६ मत मात्र खसेको हो । जिल्ला स्थित सुरक्षाकर्मी तथा कर्मचारीले यस मतदान केन्द्रमा मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना कहिले ?
रुकुम पूर्वमा सोमबार दिउसोबाट मत गणना सुरु हुने भएको छ । सदरमुकाम रुकुमकोटमा सबै मतदान केन्द्रको मतपेटिका आइ पुगेपछि मात्रै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर (१) को पुथाउत्तरगंगा गाउँपालिका २ पेल्मा र (२) को सिस्ने गाउँपालिका १ पाखापानीबाट मतपेटिका आउन ढिला हुने हुदाँ मतगणना भोली मात्रै हुने भएको हो ।

यि बाहेक अन्य ठाउँको मतपेटिका भने आजै राति जिल्ला सदरमुकाम रुकुमकोट आइपुग्ने छ ।

भोली सबै मतपेटिका रुकुमकोट पुगेपछि मतगणनाको काम सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार रुक्मिणी मावि रुकुमकोटमा मतगणना  हुनेछ ।