रुकुम पुर्व: जिल्लाका ५६ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम रुकुमकोट पुगेका छन । निर्वाचन क्षेत्र नम्बर (१) को पेल्मा र (२) को पाखापानीका मतपेटिका राति साढे ८:०० बजे जिल्ला आइपुगेका हुन ।

यि बाहेक जिल्लाका अन्य ठाउँको मतपेटिका भन्ने बिहानै सदरमुकाम पुगेका थिए । अप्ठ्यारो भूगोल र यातायातको पहुँच नहुदा दुई स्थानको मतपेटिका संकलनमा केही ढिलाइ भएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए । दिउसो ४:०० बजे देखि मतगणना सुरु गर्ने भनिए पनि समयमा मतपेटिका नपुग्दा केही ढिला भएको पराजुलीले बताए ।

५६ वटै मतदान केन्द्रका मतपेटिका जिल्ला आइपुगे संगै जिल्लामा अहिले ९:०० बजे सर्वदलीय बैठक बोलाइएको छ । मतगणना आजै राती देखि सुरु गर्नेकी मंगलबार बिहान बाट गर्ने भन्ने टुंगो सर्वदलीय बैठकले लगाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबै मतपेटिका सदरमुकाम रुकुमकोट स्थित रुक्मिणी माविको नयाँ भवनमा राखिएको छ । मतगणना हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जम्मा तीन स्थानीय तह रहेको रुकुम पुर्वमा ६१.८२ प्रतिशत अर्थात २१ हजार ९० मत खसेको छ । यहाँ ४४ मतदान स्थल र ५६ मतदान केन्द्र कायम गरिएको थियो ।