रुकुम पुर्वमा मत गणना कार्य सुरु भएको छ । जिल्लाको ५६ वटै मतदान केन्द्रबाट मत पेटिका रुकुमकोट पुगेपछी सर्वदलीय बैठक बसेर मत गणना कार्य सुरु गरिएको हो ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मतपेटिका सिस्ने १ र पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडाबाट ढिला गरि ५ गते साझ मात्र आइपुगेको कारण केही ढिला गरि मत गणना कार्य सुरु भएको हो । रुकुमकोटमा ९ बजे पछि मात्र सर्वदलीय बैठक बसेर रातिको १:३० मा मत गणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो ।
मत गणना रुक्मिणी माध्यमिक विद्यालयमा चलिरहेको छ ।