
रुकुम पुर्व: रुकुम पुर्वमा प्रतिनिधिसभा सदस्य पदको मतगणना भइरहेको छ । यहाँ माओवादी केन्द्रका पुर्ण बहादुर घर्तिले सुरुवाती अग्रता लिएका छन ।
एक हजार पाँच सय ८२ मत गणना गर्दा माओवादी केन्द्रका घर्तीले ९२० मत ल्याएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्लले ४३२ मत ल्याएका छन । घर्ती ४८८ मत अन्तरले अगाडि रहेका छ्न ।
स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ५९ र राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका खिमबहादुर खत्रीले ६ मत ल्याएका छन । प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) बाट मतगणना सुरु गरिएको छ । यहाँ गएराती देखि मतगणना भइरहेको छ ।