रुकुम पुर्व: रुकुम पुर्वमा सत्ता गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन । अहिले प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को मतगणना जारी छ ।
जम्मा एक हजार पाँच सय ९३ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सुरुल पुन १६७ मतले अगाडि छन । उनले ८२५ मत ल्याएका छन ।
पुनलाई सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले पछ्याइरहेका छन । ओलीले ६५८ मत ल्याएका छन ।
प्रदेश निर्वाचन नम्बर (१) मा अर्का स्वतन्त्र उम्मेदवार दुत कुमार पुनले २४ मत ल्याएका छन । मतगणना चलिरहेको छ ।