रुकुम पुर्व: रुकुम पुर्वमा प्रतिनिधिसभा सदस्य पदको मतगणना जारी छ । यहाँ माओवादी केन्द्रका पुर्ण बहादुर घर्तीले मत बढाउदै लगेका छन ।
अहिलेसम्म दुई हजार तीन सय ९५ मत गणना गरि सकिएको छ । उक्त मत गणना गर्दा घर्तीले जम्मा एक हजार छ सय २० मत ल्याएका छन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्लले ४६६ मत ल्याएका छन । घर्ती ११५४ मत अन्तरले अगाडि छ्न ।
यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ६७ र
राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका खिमबहादुर खत्रीले १४ मत ल्याएका छन ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) बाट मतगणना सुरु गरिएको छ । यहाँ गएराती देखि मतगणना भइरहेको छ ।