रुकुम पुर्व: रुकुम पुर्वमा सत्ता गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवारको अग्रता छ । अहिले प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को मतगणना जारी छ ।

जम्मा दुइ हजार तीन  सय ९३ मत मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सुरुल पुनले एक हजार दुई सय २१ मत ल्याएका छन । पुन २३८ मतले अगाडि छन ।

पुनलाई सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले पछ्याइरहेका छन । ओलीले ९८३ मत ल्याएका छन ।

प्रदेश निर्वाचन नम्बर (१) मा अर्का स्वतन्त्र उम्मेदवार दुत कुमार पुनले ५४ मत ल्याउदा नेकपा एमालेले १९ मत ल्याएको छ ।

एमालेले निर्वाचन क्षेत्र नम्बर (१) मा स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको थियो ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका पूरा पुनले ३ ल्याएका छन । अहिलेसम्म ७८ मत बदर भएको छ । मतगणना चलिरहेको छ ।