
रुकुम पुर्व: रुकुम पुर्वमा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुर्ण बहादुर घर्तीले मत अन्तर फराकिलो बनाउदै लगेका छन । अहिलेसम्म पाँच हजार दुई सय ७० मत मतगणना भैसकेको छ ।
यो मत मध्य घर्तीले तीन हजार एक सय ६ मत ल्याएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्लले एक हजार दुई सय ४८ मत ल्याएका छन । घर्ती मल्ल भन्दा एक हजार आठ सय ५८ मतले अगाडि छन ।
यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ३१४ र राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका खिमबहादुर खत्रीले ४१ मत ल्याएका छन ।
यसैगरी मंगोल नेशल अर्गनाइजेसन रतनबहादुर बुढाले १४० मत ल्याउदा नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले २११ मत ल्याएका छन । २१० मत बदर भएको छ। अझै १५ हजार बढि मतगणना गर्न बाकी छ ।