रुकुम पुर्व: रुकुम पुर्वमा सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई पछ्याइ रहेका छन । यो प्रसङ्ग प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को जारी मतगणनाको हो ।
अहिलेसम्म पाँच हजार तीन सय ४९ मत गणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार पुनले दुई हजार दुई सय ३६ मत ल्याएका छन । ओलीले पुनलाई पछ्याइरहेका छन । उनले दुई हजार ५४ मत ल्याएका छन । अहिले मतान्तर १८२ छ । ओलीले मतान्तर कम गर्दै लगेका छन ।
प्रदेश निर्वाचन नम्बर (१) मा अर्का स्वतन्त्र उम्मेदवार दुत कुमार पुनले ६९० मत ल्याउदा नेकपा एमालेले १५२ मत ल्याएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर (१) मा स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको थियो ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका पूरा पुनले २३ मत ल्याएका छन । अहिलेसम्म १९४ मत बदर भएको छ । मतगणना जारि छ ।