
रुकुम पुर्व: रुकुम पुर्वमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सुरुल पुनले मतान्तर फराकिलो बनाउदै लगेका छन । यो प्रसङ्ग प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को जारी मतगणनाको हो ।
अहिलेसम्म ९ हजार एक सय १६ मत गणना भएको छ । जसमा माओवादी केन्द्रका ओलीले तीन हजार तीन सय २३ मत ल्याउदा स्वतन्त्र उम्मेदवार पुनले चार हजार एक सय १७ मत ल्याएका छन ।
ओली भन्दा पुन ७९४ मतले अगाडि छन । स्वतन्त्र उम्मेदवार पुनले सुरु देखि नै आफ्नो अग्रता कायम राख्दै आएका छन ।
प्रदेश निर्वाचन नम्बर (१) मा अर्का स्वतन्त्र उम्मेदवार दुत कुमार पुनले ९१२ मत ल्याउदा मंगोल नेशनल अर्गनाइजेसनका पूरा पुनले ६९ मत ल्याएका छन ।
अहिलेसम्म ३७६ मत बदर भएको छ । मतगणना जारि छ । अहिले पुथाउत्तरगङगा ९ र भुमे ७ को मत गणना चलिरहेको छ ।