रुकुम पुर्व: रुकुम पुर्वमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सुरुल पुन जित नजिक पुगेका छन । प्रदेश क्षेत्र नम्बर (१) को मत गणना गर्दा स्वतन्त्र उम्मेदवार पुनले चार हजार दुई सय ८५ मत ल्याएका छन ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका ओलीले तीन हजार आठ सय ३ मत ल्याएका छन । ओली भन्दा पुन ४८२ मतले अगाडी छन ।
अब पुथाउत्तरगङगा ९ नम्वर वडाको मत गणना गर्न बाकी छ । स्वतन्त्र उम्मेदवार पुनले सुरु देखि नै आफ्नो अग्रता कायम राख्दै आएका छन ।