रुकुम पूर्वः प्रतिनिधिसभा सदस्य पदमा माओबादी केन्द्रका पूर्ण बहादुर घर्ती मगरको जित सुनिश्चित भएको छ । लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्तीले पछिल्लो मतपरिणाम अनुसार १० हजार ९ सय २० मत ल्याएका छन ।
जिल्लामा खसेको कुल मत हेर्दा घर्तीको जित सुनिश्चित भएको छ । उनका निटकम प्रतिस्पर्धी मानिएका नेकपा एमालेका कैलाश कुमार मल्लले चार हजार चार सय १७ मत पाएका छन ।
अहिलेसम्म प्राप्त भएको मत हेर्दा घर्ती ६ हजार ५ सय ३ मत सहित अग्र स्थानमा छन । गणना गर्न बाकी रहेको सबै मत मल्लको पक्षमा आए पनि घर्तीलाई भेटाउन मुस्किल छ ।
यसैगरी स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८६२, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका खिमबहादुर खत्रीले ३३६, मंगोल नेशनल अर्गनाइजेसनका रतन बहादुर बुढाले ४६४ र नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले २८६ मत पाएका छन ।
अव प्रतिनिधि सभा तर्फ दुई वडाको मत गणना गर्न बाकी छ ।