रुकुम पूर्वः क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेद्धवार धनबहादुर केसीको जित सुनिश्चित भएको छ । मतगणना सुरु भएदेखि नै अग्रता लिएका केसीले अन्तिमसम्म पनि अग्रता कायम राखे ।
९ हजार १ सय ६३ मत गणना हुँदा केसीले ३ हजार ९ सय २९ मत ल्याएका छन । केसीलाई स्वतन्त्र उम्मेदवार नरहरि खड्काले पछ्याइरहेका छन ।
खड्काले अहिलेसम्म दुई हजार एक सय २१ मत ल्याएका छन । खड्का भन्दा केसी एक हजार आठ सय ८ मतान्तरले अघि छन । अहिलेसम्मको मत परिणाम हेर्दा केसीका मुख्य प्रतिस्पर्धी खड्का मानिएका छन ।
यस्तै नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले एक हजार सात सय ६०, स्वतन्त्र उम्मेदवार केशव रावलले सात सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केशव चन्द्र समालले १३९, मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढाले ७६ मत पाएका छन ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का १२ वडा मध्य ११ वडाको मतगणना सकिएको छ । अव सिस्ने गाउँपालिका ५ को मत गणना गर्न बाकी छ । ५ नम्बर वडामा १३८८ मत खसेको थियो । मतगणना चलिरहेको छ ।