प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट धनबहादुर केसि विजयी हुनुभएको छ । केसिले प्रतिद्वन्दीहरुलाई भारी मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो । विजयी हुनुभएका केसिले ४८६२ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले  २ हजार २ सय ४४ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले १ हजार ८ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४० मत प्राप्त गर्दा  राप्रपाका उम्मेदवार केशव चन्द समालले २६६ र नेसनल मंगोल अर्गनाइजेसनका उम्मेदवारले ८३ मत प्राप्त गर्नुभएको छ । यस्तै लाल्टिनको मत ११ रहेको छ ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या १६ हजार ३ सय ३५ छ  । जसमा १० हजार ६ सय ५१ अर्थात ६५.२० प्रतिशत मत खसेको थियो ।