
रुकुम पुर्व: रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियानको उदघाटन गरिएको छ । ”सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मुल नाराका साथ महिला तथा बालबालिका शाखा सिस्ने गाउपालिकाको आयोजना तथा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको समन्वयमा कार्यक्रम उद्घघाटन गरिएको हो ।
शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय अगाडि बाट महिला हिंसा विरुद्धको र्याली निकालिएको थियो । उक्त र्याली रुकुमकोट बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उदघाटन गरे ।
शुक्रवार उद्घघाटन गरिएको कार्यक्रम आगामी २४ गतेसम्म विभिन्न कार्यक्रमहरु सन्चालन गरि १६ दिने अभियान सम्पन्न गरिने सहायक महिला विकास निरीक्षक सुनिता खड्काले जानकारी दिइन् । विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि अभियान सम्पन्न गरिने उनले बताइन् ।
सिस्ने गाउपालिका अध्यक्ष रेग्मीको अध्यक्षता रहेको उद्घघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, जिला स्थित सुरक्षा निकायका प्रमुखहरुको बिशेष उपस्थिति रहेको थियो । उदघाटन कार्यक्रमको संचालन पत्रकार उर्मिला गौतमले गरेकी थिइन् ।